२०८३ बैशाख २ गते, बुधबार १०:४४

परराष्ट्रमन्त्री राणा थाइल्याण्ड प्रस्थान, यूएनस्केपको ८१औँ सत्रको अध्यक्षता गर्ने

काठमाडौँ –

परराष्ट्रमन्त्री डा. आरजु राणा आज आइतबार थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गर्दैछिन्। उनी संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन त्यसतर्फ जान लागेकी हुन्।

भोलि सोमबारदेखि बैङ्ककमा आयोजना हुने पाँच दिवसीय उक्त सत्रको नेपालले अध्यक्षता गर्दैछ। मन्त्री राणाले सो सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ। सत्रको मुख्य विषयवस्तु ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ रहेको छ।

मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलले सत्रमा सहभागिता जनाउनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणा नेतृत्वको टोली वैशाख १२ गते स्वदेश फर्कनेछ। नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेको सन्दर्भमा यो सत्रले क्षेत्रीय सहयोग र दिगो विकासका एजेन्डालाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस