२०८३ बैशाख २ गते, बुधबार १०:४१

राप्रपाको आन्दोलन आजलाई स्थगित, राजसंस्था पुनर्स्थापनाको माग जारी

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता पक्राउ परेसँगै पार्टीले आजका लागि तय गरेको आन्दोलन स्थगित गरेको छ । पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले पक्राउ परेका नेताहरूलाई छुटाउनुपर्ने भएकाले आजको आन्दोलन स्थगित गरिएको जानकारी दिए ।

उपाध्यक्ष पाण्डेले राजसंस्था पुनर्स्थापनाको आन्दोलन भने निरन्तर जारी रहने स्पष्ट पारे । ‘आन्दोलनको स्वरूप परिवर्तन गरेर अझ सशक्त र क्रमिक रूपमा अगाडि बढाइनेछ,’ उनले भने, ‘हामी सम्पूर्ण राष्ट्रवादी नेपालीहरूको साथ पाउनेमा आशावादी छौं ।’

उनले भोलिको आन्दोलनको स्वरूपबारे सोमबार जानकारी दिइने बताउँदै आन्दोलन शान्तिपूर्ण हुने भएकाले सुरक्षाकर्मीलाई नआत्तिन आग्रह गरे । ‘आजको आन्दोलन यहीँ स्थगित गर्छौं र हामी हाम्रा नेता छुटाउन जाने छौं,’ पाण्डेले भने ।

राप्रपाले आइतबार सिंहदरबारभित्र सांकेतिक प्रदर्शन गरेको थियो, जसका क्रममा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका थिए । यो घटनापछि पार्टीले आन्दोलनको रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस