२०८३ बैशाख २ गते, बुधबार ०९:२१

परराष्ट्रमन्त्री डा. आरजु राणा युएनस्केपको ८१औँ सत्रमा सहभागी हुन बैंकक प्रस्थान

काठमाडौं –

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छन् । उनी अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन त्यसतर्फ लागेकी हुन् ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेको छ । सोही कारण मन्त्री डा. राणाले उक्त सत्रको अध्यक्षता गर्नेछिन् । उनले सत्रलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

यो सत्रको मुख्य विषयवस्तु ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ रहेको छ । सत्रमा मन्त्री डा. राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

यस सत्रले क्षेत्रीय सहयोग र दिगो विकासका क्षेत्रमा महत्वपूर्ण छलफल र निर्णयहरू गर्ने अपेक्षा गरिएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस