२०८३ बैशाख २ गते, बुधबार ०९:२१

सिंहदरबारभित्र प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपा सांसदहरू रिहा

काठमाडौं  –

सिंहदरबारभित्र प्रदर्शन गरेको भन्दै पक्राउ गरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू र अन्य नेताहरूलाई रिहा गरिएको छ। पक्राउ परेको चार घण्टापछि उनीहरूलाई छोडिएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए।

प्रहरीले उनीहरूलाई सिंहदरबार परिसरभित्र प्रदर्शन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। हाल, पक्राउ परेका सबै नेताहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

राप्रपाले सरकारविरुद्ध विभिन्न माग राख्दै प्रदर्शनलाई तीव्र बनाउने बताएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस