२०८३ आश्विन १८ गते, आईतवार १८:२५

वीरगन्जमा घोडा दौड प्रतियोगिता सम्पन्न, भारतका मनोज यादव विजयी

वीरगन्ज-

ब्रहम बाबा संचालक सेवा समिति नगवा र बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चको संयुक्त आयोजनामा वीरगन्जको नगवा वडा नम्बर १६ मा घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भारत, बिहार कोतवाका मनोज यादवले प्रथम स्थान हासिल गरेका छन्।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रभु चौरसियाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा मधेस प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री उपस्थित थिए। विशिष्ट अतिथिहरूमा जिल्ला समन्वय समितिका अध्यक्ष अजय सराफ र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम थिए।

उपमेयर आलमले भारतबाट सहभागी प्रतियोगीहरूलाई धन्यवाद दिँदै यस्ता लोपोन्मुख घोडा दौड प्रतियोगिताले नयाँ पुस्ता, सीमावर्ती क्षेत्र र विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने बताए। उनले आगामी दिनमा यो प्रतियोगितालाई थप भव्य बनाउन र वीरगन्ज महानगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा नेपाल र भारतका २० भन्दा बढी घोडाहरू सहभागी थिए। तीन चरणमा सम्पन्न दौडमा भारत, बिहारका मनोज यादव प्रथम, मोतिहारीका सोनु यादव द्वितीय र वीरगन्ज छपकैयाका बिचारी यादव तृतीय भए। विजेताहरूलाई शिल्ड र विभिन्न इलेक्ट्रोनिक सामग्री पुरस्कारस्वरूप प्रदान गरियो।

स्थानीयको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको थियो।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस