२०८२ असार १६ गते, सोमबार २०:५९

काठमाडौं –

पोखरा महानगरपालिका–१५, वन विज्ञान अध्ययन संस्थान नजिकै सोमबार बिहान एक अज्ञात युवकको शव सडकमा रगतसहित फेला परेको छ । स्थानीयले बिहान ५ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शवको अनुहार र शरीरमा गम्भीर चोट देखिएको जनाएको छ ।

कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतका अनुसार शव नजिकै हथौडा फेला परेकाले हत्या घटनास्थलमै भएको अनुमान गरिएको छ । मृतकको परिचय खुल्ने कुनै कागजात फेला नपरेको र स्थानीयले पनि उनलाई नचिनेको प्रहरीले बताएको छ । रातिको समयमा मृतकलाई वरपर कसैले नदेखेको जानकारी प्राप्त भएको छ ।

प्रहरीले तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान सुरु गरेको छ । हत्या राति ४ देखि ५ बजेको बीचमा भएको प्रारम्भिक अनुमान गरिएको छ । शवको पोष्टमार्टमपछि थप विवरण खुल्ने प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीको पहिचानका लागि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस