२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

इजरायली सेनाद्वारा वेस्ट बैंकमा प्यालेस्टिनीको हत्या

नाब्लसका गभर्नर घासन दाघलासले बताएअनुसार इजरायली सेनाले शहरमा दुई युवाहरूलाई गोली हानेर हिरासतमा लिएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  इजरायली सेनाको आक्रमण: उत्तरी वेस्ट बैंकको नाब्लस शहरमा इजरायली सेनाको आक्रमणमा एक प्यालेस्टिनी युवकको मृत्यु र अर्का एक घाइते भएका छन्।
  • सैन्य कारबाही र हिरासत: इजरायली सेनाले दुई युवालाई गोली हानी हिरासतमा लिएको, जसमध्ये एकको मृत्यु भएको पुष्टि गरिएको छ।
  • संपत्ति नष्ट र छापा: सेनाले पुरानो शहरमा सयौं घरमा छापा मारेर तोडफोड गरेको र स्थानीय सम्पत्तिमा क्षति पुर्‍याएको बताइएको छ।

काठमाडौं –

प्यालेस्टिनी अधिकारीकाअनुसार उत्तरी वेस्ट बैंकको पुरानो शहर नाब्लसमा इजरायली सेनाले आक्रमण गर्दा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । नाब्लसका गभर्नर घासन दाघलासले बताएअनुसार इजरायली सेनाले शहरमा दुई युवाहरूलाई गोली हानेर हिरासतमा लिएको छ ।

तीमध्ये एकको पछि मृत्यु भएको पुष्टि भएको छ भने अर्काको अवस्था अज्ञात छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली सेनाले मंगलवार नाब्लसमा धेरै घण्टासम्म ठूलो मात्रामा सैन्य कारबाही गरेको थियो । दाघलासले इजरायली सेनाले पुरानो शहरका छिमेकीहरूमा छापा मारेको, सयौं घरहरूमा तोडफोड गरेको र सम्पती नष्ट गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस