२०८३ आश्विन २० गते, मंगलवार ००:२४

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

काठमाडौं –

नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ । नेपाली वैज्ञानिकसँग मिलेर विपद्को स्रोत, विकासक्रम र प्रभावको स्थलगत अध्ययन गर्न चीनीयाँ वैज्ञानिकहरु नेपाल आएका हुन् ।

गत अगस्ट २६ मा नेपालको उत्तरी क्षेत्रमा हिमनदी भत्किँदा सुरु भएको हिमपहिरो तथा माटो–ढुंगाको बहाव सीमापार फैलिएको थियो । त्यसबाट चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ बन्दरगाहसहित नेपालतर्फ १०० किलोमिटरभन्दा बढी क्षेत्रमा क्षति पुगेको थियो ।

चीन युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ)को नेतृत्व तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सहकार्यमा संयुक्त वैज्ञानिक अभियान सञ्चालन हुन लागेको हो । अभियानमा नेपाल र चीनका १० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान संस्थाका ५० भन्दा बढी वैज्ञानिक सहभागी छन् ।

चिनियाँ वैज्ञानिक टोली आइतबार सिचुआन प्रान्तको छेन्दुबाट नेपालका लागि प्रस्थान गरी सोही दिन काठमाडौं आइपुगेको हो । करिब २० दिन सञ्चालन हुने अभियानमा नेपालको विपद्को स्रोत क्षेत्रदेखि चीनमा प्रभावित क्षेत्र तथा हिमालयबाट बग्ने नदी प्रणालीका तल्लो तटीय क्षेत्रसम्म अध्ययन गरिनेछ ।

वैज्ञानिकहरूले ड्रोन, हेलिकोप्टर तथा स्थलगत भूगर्भीय नक्सांकन र नमुना संकलनमार्फत विपद्को क्रमिक विकासको अध्ययन गर्नेछन् । प्रारम्भिक हिम–चट्टान खस्ने घटनाबाट कसरी मलबे बहाव, मलबे बाढी हुँदै बाढीको रूप लियो भन्ने विषयमा वैज्ञानिक पुनर्निर्माण गरिनेछ । त्यसैगरी, विपद्को मार्गमा भएको भूक्षय, ढुंगा–माटोको बहाव, सञ्चय तथा नदी प्रणालीमा परेको प्रभावसमेत अध्ययन गरिनेछ ।

विपद् सीमापार फैलिएकाले कुनै एक देशमा मात्रै गरिएको अध्ययनबाट यसको पूर्ण शृंखला पहिचान गर्न कठिन हुने वैज्ञानिकहरूको भनाइ छ । त्यसैले नेपालको स्रोत क्षेत्रमा गरिने संयुक्त स्थलगत अध्ययनले विपद्को सुरुवाती घटनादेखि चीनसम्म पुगेको प्रभावको समग्र शृंखला पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

अध्ययनबाट प्राप्त निष्कर्षले विपद्को वैज्ञानिक पुनर्निर्माणसँगै चीनको ग्यिरोङ बन्दरगाहको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत वैज्ञानिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै, जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो विपद् जोखिम व्यवस्थापनका लागि समेत अध्ययन उपयोगी हुने बताइएको छ । सीसीटीभी

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस