२०८३ आश्विन १९ गते, सोमबार १४:००

१२ वर्षदेखि मुआब्जा नपाएका पीडितद्वारा अनिश्चितकालीन धर्ना, वीरगन्ज ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज —

पर्साको सिर्सियास्थित वीरगन्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक सम्पत्तिको मुआब्जा माग्दै स्थानीय पीडितहरूले सोमबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।

ड्राइपोर्टको मूल गेटमै बसेर स्थानीयले धर्ना सुरु गरेपछि ड्राइपोर्टबाट मालबाहक ट्रक, कन्टेनरलगायतका सवारीसाधन बाहिरिन सकेका छैनन्। धर्नाका कारण ड्राइपोर्टको नियमित आवागमन तथा आयात–निर्यातसँग सम्बन्धित ढुवानी सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

‘१२ वर्षदेखि आश्वासन मात्र पाइयो, अब अधिकार नपाएरसम्म हट्दैनौँ’

अनिश्चितकालीन धर्ना संघर्ष समितिका अध्यक्ष अशोक कुमार चौधरीले सरकारले विगत १२ वर्षदेखि मुआब्जा दिने आश्वासन दिँदै आए पनि अहिलेसम्म आफूहरूको समस्या समाधान नगरेको गुनासो गरेका छन्। उनका अनुसार मुआब्जाका विषयमा जिल्ला प्रशासन कार्यालयदेखि सरकारका सम्बन्धित निकायसम्म पटक–पटक छलफल, चहलपहल तथा सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन। पटक–पटक आश्वासन पाए पनि पीडितको माग सम्बोधन नभएपछि बाध्य भएर निर्णायक आन्दोलनमा उत्रिनुपरेको उनले बताए।

“१२ वर्षदेखि सरकारले आश्वासन मात्रै दिँदै आएको छ। पटक–पटक सम्झौता र छलफल भए पनि मुआब्जा पाएका छैनौँ,” अध्यक्ष चौधरीले भने, “अब हामी सबै पीडित मिलेर निर्णायक धर्नामा बसेका छौँ। आफ्नो मुआब्जा नपाएसम्म यहाँबाट हट्दैनौँ।”

पीडितहरूले अधिग्रहणका क्रममा गुमेको जग्गा तथा भौतिक संरचनाको उचित मुआब्जा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूको चेतावनी छ।

प्रतिक्रिया

बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय

बिजुलीको बिल मोबाइलबाटै डिजिटलरुपमा तिर्ने प्रणाली सहज बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुसको विद्युतीय

पोडकास्ट सुन्नुहोस