२०८३ आश्विन १८ गते, आईतवार ०८:०७

आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुन्छः सचिव शर्मा

काठमाडौं-

आगामी वर्ष कृषिजन्य उत्पादनको मूल्य वृद्धि हुने भएको छ ।

बिहीवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्य बढ्ने उहाँले बताउनु भयो । अब नेपालको कृषिबारे सोच्ने बेला भइसकेको बताउनु भयो । उहाँले आन्तरिक कृषि प्रवद्र्धन गर्ने मात्रै नभइ बजारीकरणमा ध्यान दिनुपर्ने र आयातित कृषिजन्य उत्पादलहरु निरुत्साहन गर्नेदिशामा अघि बढ्न जरुरी रहेको बताउनु भयो । डोमेस्टिक प्रमोसन एण्ड नेशनल प्रोटेशनको पोलिसी जरुरी रहेको उहाँको भनाइ छ ।

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या सिंचाईको रहेको बताउनु भयो । उहाँले २२ लाख १८ हजार हेक्टर भूमिमात्रै कृषि चलनमा रहेको उल्लेख गर्नुभयो । १२ लाख ९ हजार हेक्टरमा मात्रै सिंचाई भएको बताउनु भयो । १२ लाख १६ हजार हेक्टरमा धान खेती गरिरहेको बताउनु भयो ।

सांसद भुसालले सिंचाई भएको खण्डमा किसानले मल नै नपाएपनि खेती गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस