२०८३ असार १० गते, बुधबार २१:५१

नारायणी अस्पतालमा पत्रकारमाथि दुर्व्यवहार, नेपाल पत्रकार महासंघद्वारा निष्पक्ष छानबिनको माग

वीरगन्ज –

वीरगन्जस्थित नारायणी अस्पतालमा समाचार संकलनका क्रममा दिशानिर्देश डटकमका पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा सञ्चारकर्मीले आम नागरिकलाई सूचना प्रवाह गर्ने पवित्र जिम्मेवारी निर्वाह गर्ने क्रममा चिकित्सकहरूको संलग्नतामा समाचार संकलनमा अवरोध पुग्नु र पत्रकारको मोबाइल खोसेर भिडियो मेटिनु अत्यन्त आपत्तिजनक रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार र आक्रमणका घटनाहरूले सम्पूर्ण पत्रकारिता क्षेत्र नै असुरक्षित बन्दै गएको यथार्थलाई प्रष्ट पारेको छ।”

नेपाल पत्रकार महासंघले सम्बद्ध निकायहरूलाई पत्रकारको सुरक्षाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेको छ। साथै, नारायणी अस्पतालमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस