२०८३ आश्विन १८ गते, आईतवार ०७:२९

घुस प्रकरणमा मुछिएपछि मन्त्री गुप्ताको राजीनामा, छानबिनको माग

काठमाडौं –

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएपछि मंगलवार बिहान मन्त्री पदबाट राजीनामा दिएका छन्। राजीनामापछि संचारकमीसँग कुरा गर्दै गुप्ताले तनावका कारण राजीनामा दिएको बताए।

“राजनीतिक यात्रा लामो छ, म भर्खर ५३ वर्षको भएँ। पार्टीमा अझै धेरै गर्न बाँकी छ,” गुप्ताले भने, “तर, ममाथि तथानाम आरोप लागेपछि तनाव सहन नसकेर राजीनामा दिएको हुँ।” उनले आफूले कुनै घुस नलिएको दाबी गर्दै सम्बन्धित निकायसँग छानबिनको आग्रह गरे। “मलाई कसले घुस दियो, मलाई थाहा छैन। राज्यले छानबिन गरोस्, यथार्थ बाहिर आओस्,” उनले भने, “दोषी ठहरिए कारबाहीका लागि तयार छु।”

गुप्ताले आफूले राम्रो काम गरिरहेको बेला कसैको षड्यन्त्रका कारण यो अवस्था आएको हुन सक्ने बताए। “मलाई धेरै तनाव भयो, यो तनाव कति सहनु भनेर राजीनामा दिएँ,” उनले थपे।

उनले राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नभई स्वेच्छाले दिएको स्पष्ट पारे। “बालुवाटार गएको थिएँ, प्रधानमन्त्रीसँग भेट भएन। उहाँको स्वकीय सचिवलाई राजीनामा बुझाएर फर्किएँ,” गुप्ताले भने।

पर्सा ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित गुप्तालाई एमालेले २०८१ असार ३१ गते मन्त्री नियुक्त गरेको थियो। छोटो समयमै उनी विवादमा मुछिएपछि मन्त्री पदबाट बाहिरिएका छन्।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस