२०८३ असार १० गते, बुधबार १९:०७

नेकपा माओवादी केन्द्रका सांसदले उठाए मन्त्री बलराम अधिकारीमाथि छानबिनको माग

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले घुस प्रकरणमा विवादमा परेर राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उल्लेख गरेका अर्का मन्त्री भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि छानबिनको माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्री गुप्ताको राजीनामापछि उनले अडियोमा उल्लेख गरेका मन्त्री अधिकारीको भूमिकामाथि प्रश्न उठाएका हुन्। दाहालले भने, “संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ। उहाँले पोलेका अर्का मन्त्रीले के गर्ने? यसमा पनि छानबिन प्रक्रिया अगाडि बढाउनुपर्छ।”

गुप्ताले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि सार्वजनिक भएको अडियोमा उनले मन्त्री बलराम अधिकारीले “पैसा लिएर पनि काम नगरेको” भन्ने अभिव्यक्ति दिएको सुनिएको छ। यही अडियोका आधारमा सांसद दाहालले मन्त्री अधिकारीमाथि छानबिनको माग गरेका हुन्।

यसैबीच, मन्त्री अधिकारीले सोमबार संसद्मा सम्बोधनका क्रममा आफूमाथि घुस लिएको प्रमाण ल्याएमा राजीनामा दिने बताएका थिए। उनले आफ्नो बचाउ गर्दै यस्ता आरोपहरूको जवाफ प्रमाणसहित दिनुपर्ने र गम्भीर छानबिनको आवश्यकता रहेको उल्लेख गरेका थिए।

यो प्रकरणले नेपालको राजनीतिमा पुनः एकपटक भ्रष्टाचार र नैतिकताको मुद्दालाई चर्चामा ल्याएको छ। मन्त्री गुप्ताको राजीनामासँगै मन्त्री अधिकारीमाथिको आरोपले सत्तारुढ गठबन्धनभित्र समेत तरंग ल्याउने देखिएको छ। सांसद दाहालको मागअनुसार छानबिन प्रक्रिया अगाडि बढ्ने हो वा होइन, त्यो आगामी दिनमा स्पष्ट हुनेछ।

प्रतिक्रिया

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

पोडकास्ट सुन्नुहोस