२०८३ असार १० गते, बुधबार ०९:०९

भुकुटि स्टक ब्रोकिङ कम्पनीले खाता रोक्दा वीरगन्जका हजारौं सेयर कारोबारी प्रभावित, करोडौं घाटा

वीरगन्ज –

भुकुटि स्टक ब्रोकिङ कम्पनी लिमिटेडले पूर्वसूचना बिना अचानक खाता रोक्का गरेपछि वीरगन्जका हजारौं सेयर कारोबारीहरू मारमा परेका छन्।

करीब ८ हजार ग्राहकको खाता आइतबार बेलुका देखिनै रोकिएको हो। यस कारण ग्राहकहरूले सानवी एनर्जी र ट्रेड टावर लिमिटेडसहितका कम्पनीको आईपीओ खरिद–बिक्री गर्न नपाएको र करोडौं रुपैयाँ बराबरको घाटा भएको बताइएको छ।

एक ग्राहकले नाम नखुलाउने सर्तमा भने, “हाम्रो परिवारका सबै खाता यही कम्पनीमा छन्। अहिले बजार चलायमान छ र पैसाको आवश्यकता थियो, तर खाता रोकिँदा ठूलो समस्या भयो। कम्पनीले कुनै जानकारी नदिई खाता रोक्नु गैरजिम्मेवार व्यवहार हो।”

भुकुटि स्टक ब्रोकिङ वीरगन्ज शाखाका व्यापार व्यवस्थापक मनोज साहले आफू बिदामा रहेको र खाता रोकिएको विषयमा जानकारी नभएको बताए। उनले भने, “म पनि अचम्मित छु। हिजो बेलुका देखिनै सबै ग्राहकको खाता रोकिएको छ। हेड अफिसले जानकारी नदिएकाले म पनि बुझ्ने प्रयासमा छु।”

यसबारे कम्पनीका प्रबन्धक सन्दीप अग्रवालले खाता रोकिएको स्वीकृति दिँदै यो कदम ग्राहक पहिचान (KYC) का कारण भएको बताए। तर खाता खोल्ने बेलामा आधार नबुझीकन अहिले रोक्नु किन परेको भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ नदिई पछि कुरा गर्ने भन्दै टारेका छन्।

सेयर बजार विज्ञहरूले यस्तो संवेदनशील क्षेत्रमा ब्रोकिङ कम्पनीले देखाएको गैरजिम्मेवार व्यवहारले हजारौं लगानीकर्तालाई प्रत्यक्ष असर पुर्‍याएको र यसले बजारमा नकारात्मक प्रभाव पारेको बताएका छन्।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस