२०८३ आश्विन २० गते, मंगलवार ०३:२९

वीरगन्जमा हैजा फैलिएपछि खानेपानी परीक्षणका लागि मोबाइल भ्यानसहित प्राविधिक टोली खटाइयो

वीरगन्ज-
वीरगन्जमा हैजाका बिरामी भेटिएपछि खानेपानी परीक्षणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले मोबाइल भ्यान र आवश्यक सामग्रीसहितको प्राविधिक टोली खटाएको छ।

खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनपछि वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको र पानीको अवस्था परीक्षण गरी आवश्यक कदम चालिने विभागले जनाएको छ।

सरकार हैजा नियन्त्रणप्रति पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयले प्रभावित क्षेत्रमा निरन्तर अनुगमन र परीक्षणलाई प्राथमिकतामा राख्ने जनाएको छ।

मन्त्री यादवले भने, “तराई–मधेससहित विशेषगरी वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या रहेको अवस्थामा हैजाका बिरामी देखिनु निकै चिन्ताको विषय हो। त्यसैले खानेपानी परीक्षणका लागि तत्काल टोली खटाइएको छ।”

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस