२०८३ असार १० गते, बुधबार १०:११

काठमाडौंमा जेन–जी आन्दोलनपछि नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं-
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ता संसद् भवन नयाँ बानेश्वर परिसरमा प्रवेश गरेपछि काठमाडौंमा कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अवस्था नियन्त्रणबाहिर गएको भन्दै आज साँढे १२ बजेदेखि राति १० बजेसम्म नयाँ बानेश्वर क्षेत्रलाई लक्षित गर्दै कर्फ्यु लागू गरेको हो।

प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु अवधिभर नयाँ बानेश्वर क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

कर्फ्यु लागू हुने क्षेत्र सीमाङ्कन यसप्रकार छः

  • बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

  • बानेश्वर चोकदेखि पूर्वतर्फ मिनभवन–शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

  • बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यामिक विद्यालयसम्म,

  • बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म।

संसद् भवन वरिपरि प्रदर्शनकारीलाई रोक्न सुरक्षा संवेदनशीलता बढाइएको छ। यद्यपि, यी चार किल्लाभित्र मात्र कर्फ्यु जारी भएकाले बाहिरी क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न पाइनेछ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस