२०८३ आश्विन २० गते, मंगलवार ०१:१५

मधेस,कोशी र बागमती प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा हुने चेतावनी

काठमाडौं –

जल तथा मौसम विज्ञान विभागले आगामी केही घण्टाभित्र कोशी, मधेस र बागमती प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा हुने चेतावनी दिएको छ ।

विभागले भर्खरै सार्वजनिक गरेको मौसम अपडेट बुलेटिनका अनुसार उक्त वर्षाले यी तीन प्रदेशमा बढी प्रभाव पार्ने सम्भावना रहेको उल्लेख गरिएको छ । हाल देशका अधिकांश भागमा वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, “वर्षा गराउने प्रणाली पूर्व, अर्थात् उत्तर–पूर्व दिशातर्फ सरिरहेको छ । ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं । साथै पछिल्लो मौसमी जानकारी नियमितरूपमा लिनुहुन अनुरोध छ।”

निरन्तरको वर्षाका कारण भू–क्षय, बाढी तथा यातायात अवरोध हुन सक्ने जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

त्यसैगरी, काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारी आवागमन पनि अस्थायी रूपमा बन्द गरिएको छ ।

संबन्धित निकायहरूले अत्यावश्यक यात्रामा जान नहुने, सतर्कता अपनाउने र सरकारी सूचनालाई पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस