२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१९

सोनल सरकारमा मन्त्री बन्न चल्यो करोडौंको खेल ! सत्ता साझेदारीमा दलालको दबदबा

जनकपुर –

मधेश प्रदेशमा मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र भएपछि मन्त्री बन्ने दौडधुप निकै बढेको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ लिएसँगै दुई जना मन्त्रीले मात्रै सपथ लिएका थिए, तर विभाग टुंगो नलागेका कारण अब मन्त्रालय बाँडफाँटको अन्तिम तयारी सुरु भएको छ।

सत्ता गठबन्धनमा हाल सात दल सहभागी छन्। सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ जना, जनमत पार्टीका १३ जना, माओवादीका ९ जना, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन्।

उच्च स्रोतका अनुसार जसपा नेपालले ४, जनमतले ३, माओवादीले २ र नेकपा एस तथा लोसपाले १–१ मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको छ। जनमत र नेकपा एसबाट हाल एक–एक जना बिना विभागीय मन्त्री रहेका छन्। जसपा नेपालले रामअशिष यादवलाई भौतिक पूर्वाधार विकास, मनिष सुमनलाई शिक्षा तथा संस्कृति र राजु गुप्तालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ।

जनमत पार्टीले अझै दुई मन्त्रीको नाम टुंग्याउन बाँकी छ भने माओवादीले नयाँ अनुहार सरकारमा पठाउने सहमति गरेको छ। लोसपाले रानी शर्मालाई मन्त्री बनाउने निश्चित गरेको बुझिएको छ।

तर, मन्त्री बन्नका लागि विभिन्न दलका सभासदहरूले दलालमार्फत शक्ति केन्द्रमा पहुँच बनाउने प्रयास गरेको आरोप लागेको छ। स्रोतका अनुसार मन्त्री पदका लागि मोटो रकमको लेनदेन र अघोषित “डाक बढाबढ” समेत चलिरहेको छ। यो क्रम जेन–जीको भ्रष्टाचारमुक्त अभियानपछि पनि रोकिएको छैन।

मुख्यमन्त्री सोनलले आगामी शनिबार विश्वासको मत लिने तयारी गरेका छन्। त्यसपश्चात् आइतबार मन्त्रिमण्डल विस्तार हुने बताइएको छ। ५८ जना सांसदको समर्थन भएकाले उनको सरकार सहजै विश्वासको मत पाउने देखिन्छ। विपक्षमा एमालेका २३, नेपाली कांग्रेसका २२ र राप्रपाका १ जना सांसद छन्।

तर मन्त्री बन्न चलिरहेको तीव्र दौडधुप र लेनदेनका कारण राजनीतिक असन्तुलन देखा पर्न सक्ने विश्लेषकहरूको तर्क छ। यद्यपि, हाललाई सरकार सुरक्षित मानिएको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस