२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१८

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग आज बालुवाटारमा समन्वय बैठक

काठमाडौँ –

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आज (आइतबार) दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरेकी छिन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीलाई औपचारिक रूपमा बैठकमा उपस्थित रहन जानकारी गराइएको छ। प्रधानमन्त्री कार्कीले परिवर्तित राजनीतिक परिस्थितिमा सङ्घीय र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सुदृढ र सघन बनाउनका लागि यो बैठक बोलाएको उनका प्रेस संयोजक रामबहादुर रावलले बताएका छन्।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुने भएका छन्।

बैठकमा प्रदेश सरकारसँगको समन्वय, विकास योजना कार्यान्वयन, बजेट उपयोग, र आगामी आर्थिक वर्षका प्राथमिकता निर्धारणलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस