२०८३ आश्विन २० गते, मंगलवार ०२:४३

सप्तरीको मुसहरी टोलमा झाडापखालाको प्रकोप, एकै परिवारका तीनजनाको मृत्यु

सप्तरी, कात्तिक १६ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा फैलिएको झाडापखालाको प्रकोपका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। उनीहरूको हप्तादिनको फरकमा मृत्यु भएको स्थानीयहरूले बताएका छन्।

स्थानीय शिवशंकर सदाका अनुसार मृतकहरूमा उच्च ज्वरो र लगातार झाडापखालाको लक्षण देखिएको थियो। समयमै स्वास्थ्य उपचार नपाउँदा ज्यान गएको बताइएको छ।

गाउँमा हाल झाडापखालाका बिरामीको संख्या बढ्दै गइरहेको छ। स्थानीयका अनुसार हालसम्म सो टोलमा १५ जनाभन्दा बढीमा झाडापखालाको लक्षण देखिएको छ। बिरामीमा ५ वर्षीया राधिका सदा, १० वर्षीया करिना सदा, २५ वर्षीया लिलमदेवी सदा, ३ वर्षीया गायत्रीकुमारी, ६ वर्षीया सुगन्धाकुमारी र ६० वर्षीय बौकु सदा लगायत रहेका छन्।

घटनाबारे स्थानीय सरकार र जनस्वास्थ्य निकाय ढिलासुस्ती गरेको स्थानीयवासीको गुनासो छ। ‘‘हामीले स्वास्थ्यकर्मी आउँछन् कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,’’ स्थानीय शिवशंकर सदाले बताए।

छिन्नमस्ता गाउँपालिकाका वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीहरूलाई उपचारका लागि खटाइएको छ। ‘‘औषधीसहित स्वास्थ्यकर्मीहरूलाई पठाइएको छ, रोग फैलिन नदिन स्थानीय सरकार सक्रिय छ,’’ उहाँले बताए।

स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने जनस्वास्थ्य विज्ञहरूको अनुमान छ। उनीहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रमा तत्काल सरसफाइ तथा स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस