२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१९

मधेश प्रदेशमा सामा–चकेवा पर्वको रौनक

रौतहट –

छठको एक दिन पूर्व गरिने खरना विधिको दिनबाट ‘सामा–चकेवा’ पर्व प्रारम्भ भएको छ । धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्व मध्ये अत्यन्त लोकप्रिय पर्व मानिन्छ ।

दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना सहित गीति शैलीमा गाउँदै खेल्दै रामाउँदै लोक पर्व कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । नौंदेखि एघारौं दिनसम्म खेलिने उक्त पर्वमा चंगेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामा, चकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझदेखि मध्यरात दिनसम्म खेलिने परम्परा छ ।

रौतहट सहित तराई मधेशका अधिंकाश गाँउमा समाचकेवा पर्वको रौनक छाएको छ । चेलीबेटी र माइती पक्षका बीच रहेको अटूट श्रद्धा एवम् प्रेमको प्रतीक सामा–चकेवा पर्व मनाउने गर्दछन् ।

सामामा खेलिने क्रममा गाइने लोकगीतले भाषा संस्कृति तथा परम्परालाई जोगाएको चन्द्रपुर ६ का कमलेश चौधरीले बताए । उनका अनुसार दाजुभाइ र दिदीबहिनी प्रतिको प्रेम दर्शाउने यो पर्व हो ।

सामा–चकेवा’ लोकपर्वको शुभारम्भ द्वापरयुगमा भगवान कृष्णको समयदेखि नै भएको मानिन्छ ।द्वापरयुगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षाल्लास र लोकाचारका साथ मनाउने यस पर्वमा विशेष गरी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन् ।

दश दिनसम्म सामाचकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामाचकेवालाई पुनःबनाउने रङरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामाचकेवालाई दहीचिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस