२०८३ बैशाख २ गते, बुधबार ०१:४९

बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी

जनकपुर-

जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो ।

सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार बन्द गरी विरोध ¥याली निकालेका छन् । कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध ¥याली निकालेका छन् ।

उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।

कुनै पनि पसल वा संघ संस्थामा छापा मार्नु अघि निश्चित प्रक्रिया पूरा गर्नुपर्नेमा हावादारी हिँसाबले प्रहरीले छापा मारेको आरोप जकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठले लगाए ।

प्रहरीले कानुनी बाटो प्रयोग गर्नुको साटो बल प्रयोग गरेर अध्यक्ष भण्डारीलाई हातपात गरेको प्रति महासेठले आक्रोस व्यक्त गरेका छन् । उनले डिसपीलगायतको टोलीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस