२०८३ बैशाख १ गते, मंगलवार १७:२५

सार्वजनिक शान्ति भंगको आरोपमा निकोलस भुसाल पक्राउ

काठमाडौँ –

तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, भुसाललाई सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पक्राउ गरिएको हो।

पछिल्ला दिनमा निकोलस भुसाल सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका कारण प्रहरीको निगरानीमा आएका थिए। तीन दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए, तर निर्धारित समयमा नआएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

यसअघि पनि माइतीघरमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका भुसाललाई प्रहरीले गाँजा सेवन गरेको पुष्टि भएपछि रिह्याब सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाएको थियो।

प्रहरीका अनुसार, हाल उनको गतिविधिबारे थप अनुसन्धान अघि बढाइएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस