२०८३ जेष्ठ १६ गते, शनिबार १६:४८

लायन्स क्लबहरूको संयुक्त पहलमा आमाको माया छात्रावासलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

वीरगन्ज-

समाजसेवा र मानवताको भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ वीरगन्ज, लायन्स क्लब अफ वीरगन्ज विजयपथ, लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगन्ज पिंक सिटीले संयुक्त रूपमा वीरगन्जस्थित आमाको माया छात्रावासलाई विभिन्न खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेका छन्।

छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरूको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै क्लबहरूले चाउचाउ, जुस, बिस्कुट, कापी, कलम लगायतका अत्यावश्यक खाद्यान्न र अध्ययन सामग्री हस्तान्तरण गरेका हुन्।

सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका प्रथम डिष्ट्रिक्ट उप-गभर्नर लायन रामबिहारी पाण्डेले लायन्स क्लब सधैं समाजसेवा र मानवीय सहयोगमा समर्पित रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्य निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, आमाको माया छात्रावासका इन्चार्ज रमित चौधरीले सहयोगी चारवटै लायन्स क्लबप्रति धन्यवाद ज्ञापन गर्दै सो सहयोगले छात्रावासमा रहेका बालबालिकाहरूलाई ठूलो राहत पुगेको बताउनुभयो।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका जोन चेयरपर्सन लायन सनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट एक्ज्यूकेटिभ को–चिफ लायन उमेश साह कानु, डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादव, डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीका संस्थापक अध्यक्ष लायन मनोज यादव, पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, उपाध्यक्ष लायन कुसुम वर्णवाल, सहसचिव लायन ब्युटी जैसवाल, कोषाध्यक्ष लायन पम्फा गिरी लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लायन्स क्लबहरूको यो संयुक्त मानवसेवा अभियानले समाजमा सहयोग, करुणा र एकताको सन्देश दिएको छ। कार्यक्रमले “We Serve (हामी सेवा गर्छौं)” भन्ने लायन्स क्लबको मूल नारालाई व्यवहारिक रूपमा उजागर गरेको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस