२०८३ बैशाख १ गते, मंगलवार २३:२१

देशभरका ३० यातायात कार्यालय पुनः सञ्चालन, चाबहिलमा सेवा छिट्टै सुरू हुने तयारी

काठमाडौं-

भदौ २४ गतेको आन्दोलनपछि ठप्प बनेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लुबुक नवीकरण सेवा क्रमशः सुचारु हुँदै गएको छ। काठमाडौँ उपत्यकामा चाबहिलबाहेकका सबै कार्यालयहरूले अहिलेदेखि लाइसेन्स र ब्लुबुक रिन्यु, ट्रायल पास भई राजस्व तिर्न बाँकी रहेका राजस्व संकलनजस्ता सेवा सञ्चालन गर्न थालेका छन्।

चाबहिल कार्यालयमा भने नेटवर्किङको काम अन्तिम चरणमा पुगेको र छिट्टै सेवा सुरू हुने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार देशभरका ४२ मध्ये हालसम्म ३० वटा कार्यालय पुनः सिस्टममा जोडिएका छन्। बाँकी ५ वटा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएकाले पुनर्निर्माणपछि मात्र सञ्चालनमा आउने छन्। तीमध्ये बिर्तामोड, इटहरी, लहान, चितवन र कास्कीका कार्यालयहरू सबैभन्दा बढी प्रभावित भएका हुन्।

हाल लाइसेन्स र ब्लुबुक नवीकरणजस्ता नियमित सेवा सञ्चालन भए पनि नयाँ ट्रायल परीक्षण भने अझै सुरू भएको छैन। विभागले यो हप्ताको अन्त्यतिर वा अर्को हप्तादेखि नयाँ लाइसेन्सको सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ।

भदौ २४ गतेको आन्दोलनका क्रममा विभागको डाटा सेन्टर, विद्युतीय लाइसेन्स प्रणाली र सवारी दर्ता प्रणालीमा क्षति पुगेको थियो। हाल ती प्रणाली पुनः सञ्चालनमा आएका छन्।

विभागका अनुसार आजदेखि नागरिक एपमा लाइसेन्ससम्बन्धी विवरण अद्यावधिक गर्ने काम सुरु गरिएको छ। लोड हेरेर भोलिबाट अत्यावश्यक प्रयोजनका व्यक्तिहरू — जस्तै वैदेशिक रोजगारी, विदेश अध्ययन, कूटनीतिक मिसन वा अन्य सेवा क्षेत्रका लागि — लाइसेन्स प्रिन्ट सेवा पनि सुरू गरिने तयारी गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस