२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं-

भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो, जुन साँझ ६ बजेसम्म चल्नेछ ।

पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।

मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र शेखपुरा जिल्लामा भइरहेको छ ।

करीब ३ करोड ७५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतगणना नोभेम्बर १४ मा हुने तय गरिएको छ । निर्वाचनका लागि ४५,३४१ मतदान केन्द्र स्थापना गरिएको छ भने सुरक्षाका लागि करिब ४ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस