२०८३ आश्विन २० गते, मंगलवार ०२:००

जगदम्बा स्टिल्सले तिर्‍यो ५ करोड ७२ लाखको पहिलो किस्ता, पुनः जडान भयो विद्युत लाइन

वीरगन्ज-
बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल्स प्रा.लि. ले लामो समयदेखि बाँकी रहेको डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत उपभोग गरिएको प्रिमियम महसुलको बक्यौता रकम बुझाउन सुरु गरेको छ।

विगतमा लोडसेडिङको समयमा विशेष विद्युत् सुविधा प्रयोग गर्दा जम्मा भएको बक्यौता रकमको पहिलो किस्ता बुधबार तिरेपछि, गत ४ कात्तिकमा विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, जगदम्बा स्टिल्स सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो, जसको जम्मा बक्यौता १ अर्ब ६० करोड १८ लाख रुपैयाँ रहेको छ।

कुल बक्यौतामध्ये रकमलाई २८ किस्तामा विभाजन गरिएको छ। पहिलो किस्ताअन्तर्गत ५ करोड ७२ लाख ९ हजार रुपैयाँ बुझाएको कम्पनीले जनाएको छ।

जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको अवधिका लागि यो प्रिमियम महसुल बुझाएको हो।

यस कदमसँगै नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने अभियानमा थप उत्साह पाएको जनाएको छ। औद्योगिक करिडोरका अन्य उद्योगहरूलाई पनि बक्यौता रकम समयमै बुझाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस