२०८३ बैशाख १३ गते, आईतवार १५:३५

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रम अचानक त्रासपूर्ण बनेको छ। ह्वाइट हाउसमा पत्रकारहरूका लागि आयोजित डिनर कार्यक्रम चलिरहेकै बेला गोली चलेजस्तो आवाज सुनिएपछि हलमा अफरातफरी मच्चिएको थियो।

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको हुनुकासाथै एक जना मानिस घाईते भएका छन् । शनिबार राति करिब ११ः३० बजे परेको चट्याङले

काठमाडौं – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतिक’ को रूपमा चित्रण गरेका छन् । नेकपा एमालेका पूर्वअध्यक्ष एवं

72e2e512-b2aa-4710-81ef-2dd6b3064166

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो

काठमाडौं –

साताको पहिलो कारोबार दिन नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको नेप्से परिसुचक आईतबार ५.१५ अंकले घटेर २५४०.५७ अंकमा झरेको छ ।

नेप्सेमा सामान्य अंकले गिरावट आएपनि कारोबार रकमभने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ । यो किनबेच ४७ हजार १७६ पटकको कारोबारमा भएको हो ।

यसदिन सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.५० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले घटेको छ ।
यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज कारोबारमा आएको मध्ये भुगोल इनर्जी डेभलप्मेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले घटेर ६४४.४० रपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, रुरु जलविद्युत कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ । कारोबार रकमका आधारमा यस दिन एसबिल डिबेन्चर ८९, नेपाल रि इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

यसदिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

पोडकास्ट सुन्नुहोस