२०८३ बैशाख १३ गते, आईतवार ०६:२४

फागुन २१ को निर्वाचनका लागि एमाले दल दर्ता प्रक्रियामा

काठमाडौं –

आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) आज निर्वाचन आयोग पुगेर औपचारिक रूपमा दल दर्ता गर्ने भएको छ। आयोगले दल दर्ताका लागि निर्धारण गरेको समयसीमा भोलि सकिने भएकाले एमालेले अन्तिम चरणमा आएर दर्ता प्रक्रिया अघि बढाएको हो।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरिनेछ। यसअघि एमालेले राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरिसकेको भए पनि प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता प्रक्रिया अझै पूरा गरिएको थिएन।

हालै भएको ‘जेनजी आन्दोलन’पछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा आक्रामक भूमिका निभाइरहेको एमाले अन्ततः चुनावी प्रक्रियामा सहभागी हुने औपचारिक निर्णयमा पुगेको हो।

आयोगमा दर्ता प्रक्रिया सम्पन्न भएपछि एमाले आगामी निर्वाचनमा आधिकारिक रूपमा प्रतिस्पर्धामा उत्रनेछ।

पोडकास्ट सुन्नुहोस