२०८३ आश्विन २० गते, मंगलवार ०४:१८

बारामा उद्योगकर्मीको हत्या, प्रहरीले अनुसन्धान तीव्र बनायो

बारा-

बाराको प्रसौनीस्थित नेपाल प्रालिको निर ब्राण्ड पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंह मृत अवस्थामा फेला परेका छन्। धारिलो हतियार प्रहार गरी उनको हत्या भएको अवस्थामा शव उद्योग नजिकै भलुही चौक नजिक भेटिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक उपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलमा तालिमप्राप्त कुकुर समेत ल्याइ विस्तृत अनुसन्धान थालिएको छ। साथै जिल्ला प्रहरी कार्यालयबाट डिएसपीसहितको टोली घटनास्थल पुगेको छ।

४२ वर्षीय सिंह सर्लाहीको धनकौल गाउँपालिका निवासी भए पनि उनी लामो समयदेखि उद्योगमा नै बस्दै आएका थिए। प्रहरीका अनुसार उनको हत्या घाँटी रेटेर गरिएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजय पण्डितका अनुसार घटनाबारे प्रहरीलाई बिहान करिब ८ बजे मात्र जानकारी आएको थियो। शव उठाउनुअघि उनका आफन्त पर्खिइएको र थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए।

घटनास्थल वीरगन्जबाट करिब १० किलोमिटर पूर्व कलैया–रोडमा अवस्थित छ। घटनाको प्रकृति गम्भीर भएको बताउँदै प्रहरीले हत्याको कारण, संलग्न व्यक्तिहरु तथा सम्भावित उद्देश्यबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरीले घटनाका थप विवरण आवश्यक अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस