२०८३ आश्विन २० गते, मंगलवार ०४:१९

रास्वपा पर्साले आगामी २०८२को निर्वाचन लक्षित उम्मेदवार छनोट अभियान सुरु गर्‍यो

वीरगन्ज-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्लाले आगामी २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट र संगठन सुदृढीकरण अभियान औपचारिक रूपमा सुरु गरेको छ।

शुक्रबार वीरगन्जको क्लासिक होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टीले समानुपातिक बन्दसूचीका लागि पनि सक्षम र स्वच्छ छविका नेतृत्व तयार पार्ने उद्देश्यसहित प्रक्रिया अघि बढाएको घोषणा गर्‍यो।

कार्यक्रममा बोल्दै रास्वपा पर्साका जिल्ला सभापति हरी पन्तले भने, “रास्वपा कुनै व्यक्तिको स्वार्थ, व्यापारिक राजनीति वा पुरानै सत्ताको विकल्प होइन; यो नयाँ सोच, पारदर्शी नेतृत्व र सुशासनको राजनीतिक शक्ति हो।”

उनले देशमा बढ्दै गएको भ्रष्टाचार, राजनीतिक अस्थिरता, गैरजिम्मेवारी र प्रशासनिक कमजोरीका कारण जनतामा निराशा छाएको अवस्थामा रास्वपाले वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै सक्षम उम्मेदवार तयार पार्ने बताए।

उम्मेदवार छनोटका मुख्य मापदण्डहरू:
– नेपाली नागरिक भएको
– ३५ वर्ष उमेर पूरा भएको
– कुनै राजनीतिक दलको सदस्य नभएको
– स्वच्छ छवि र सेवा भावना भएको
– संविधानप्रति आस्था र जनसमस्यामा काम गर्न सक्ने क्षमता भएको
– कालोसूचीमा नपरेको र सार्वजनिक पदको दुरुपयोग नगरेको

पार्टीले अब जिल्लामा संगठन विस्तार, युवा केन्द्रित अभियान, जनसम्पर्क कार्यक्रम र राजनीतिक स्वच्छता अभियानलाई तीव्रता दिने जनाएको छ।

“पर्साबाट सक्षम, जिम्मेवार र जनताप्रति उत्तरदायी नेतृत्व निर्माण गरेर मात्र हामी अगाडि बढ्छौँ,” सभापति पन्तले भने।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस