२०८३ आश्विन २७ गते, मंगलवार १९:२३

गोली चलाउन आदेश दिने सिडियोको ब्यान सुरु

काठमाडौं – जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको तोडफोडबारे जाँचबुझ गर्न गठन भएको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइरहेको छ ।
माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउने आदेश दिएका थिए ।
‘दुई दिनदेखि उहाँको बयान चलिरहेको छ, सम्भवतस् शुक्रबार बयान सकिनेछ’ जाँचबुझ आयोग सम्वद्ध स्रोतले भन्यो, ‘जेन–जी आन्दोलनमा भएको बल प्रयोग र त्यसमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे उहाँसँग बयान भइरहेको हो ।’
आन्दोलनलगत्तै नयाँ सरकार गठन हुनासाथ रिजाललाई सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट हटाएको थियो । उनी अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन् । जाँचबुझ आयोगले उनलाई अनुमतीविना काठमाडौं उपत्यका नछाड्न आदेश दिँदै उनको पासपोर्ट समेत रोक्का राख्न सिफारिस गरेको थियो । स्रोतः अनलाइन खबर

 

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस