२०८३ आश्विन २० गते, मंगलवार ०२:००

गोली चलाउन आदेश दिने सिडियोको ब्यान सुरु

काठमाडौं – जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको तोडफोडबारे जाँचबुझ गर्न गठन भएको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइरहेको छ ।
माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद भवन प्रवेश गर्न खोजेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउने आदेश दिएका थिए ।
‘दुई दिनदेखि उहाँको बयान चलिरहेको छ, सम्भवतस् शुक्रबार बयान सकिनेछ’ जाँचबुझ आयोग सम्वद्ध स्रोतले भन्यो, ‘जेन–जी आन्दोलनमा भएको बल प्रयोग र त्यसमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे उहाँसँग बयान भइरहेको हो ।’
आन्दोलनलगत्तै नयाँ सरकार गठन हुनासाथ रिजाललाई सरकारले काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट हटाएको थियो । उनी अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन् । जाँचबुझ आयोगले उनलाई अनुमतीविना काठमाडौं उपत्यका नछाड्न आदेश दिँदै उनको पासपोर्ट समेत रोक्का राख्न सिफारिस गरेको थियो । स्रोतः अनलाइन खबर

 

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस