२०८३ जेष्ठ ७ गते, बिहीबार ११:२६

आफ्नै चार महिने छोराको हत्या आरोपमा प्रहरी असई पक्राउ

एआईको सहयोग बाट बनाईएको तस्विर

काठमाडौँ –

आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौँको सिनामङ्गलमा घटना गरी फरार रहेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार असई कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा छोराको घाँटी थिचेर हत्या गरेका थिए।

“छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार श्रीमतीसँग चार महिने छोराको उपचारको विषयमा विवाद भएपछि उनले श्रीमतीमाथि कुटपिट गर्नुका साथै छोराको घाँटी थिचेर हत्या गरेका थिए। उनकी श्रीमती पनि नेपाल प्रहरीकी जवान रहेको बताइएको छ।

घटनापछि श्रीमतीलाई उद्धार गरी अस्पताल लगिएको थियो, तर उद्धार टोली त्यहाँ पुग्दासम्म चार महिने शिशुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस