२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१८

एमालेका महाधिवेशन प्रतिनिधि भन्छन्–‘पार्टी नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्छ’

काठमान्डौं-

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुले पार्टीको नेतृत्व व्यक्तिको नभई विचार, सिद्धान्त र दृष्टिकोणको हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महाधिवेशनका केही प्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । पार्टी गम्भीर संकटको सामना गरिरहेको भन्दै उनीहरुले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन सक्ने नेतृत्व चुनिनुपर्ने समेत धारणा राखे । पार्टी केन्द्रीय सदस्य समेत रहेकी महाधिवेशन प्रतिनिधि सूर्यकुमारी श्रेष्ठले एमाले विशाल पार्टी भएको कारण महाधिवेशनमार्फत नेतृत्व जाने नेताहरुको आकांक्षा स्वभाविक रहेको बताउनु भयो । उहाँले पार्टी चौतर्फी घेराबन्दीमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा एकताका लागि सर्वसम्मत नेतृत्व उपयुक्त हुने बताउनु भयो ।

यद्यपि लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन हुनु पनि सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । महाधिवेशन प्रतिनिधि चक्रप्रसाद स्नेही रसाइलीले पार्टीमा व्यक्तिभन्दा विचारको नेतृत्व हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीमा विचारभन्दा व्यक्ति हाबी भए पार्टी र मुलुक समेत ठिक ठाउँमा पुग्न नसक्ने बताउनु भयो । उहाँले महाधिवेशनमा मत विभाजन हुनुलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताउनु भयो ।

पार्टीमा मतविभाजन नभए नेतृत्व निरङ्कुश हुनसक्ने उहाँको बुझाई छ । पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टी अहिले संकटको अवस्थामा रहेको भन्दै सामुहिक नेतृत्व प्रणाली आवश्यक भएको धारणा राख्नुभयो । उहाँले परिवर्तन र पुस्तान्तरणको माग उठिरहेको समयमा एकल नेतृत्व पर्याप्त नहुने उल्लेख गर्दै विचारको नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कम्युनिष्ट पार्टी व्यक्तिगत आधारमा चल्न नसक्ने उहाँको भनाइ छ । महाधिवेशन प्रतिनिधि विदुर चालिसेले कार्यकर्तामा देखिएको मतभेद रोक्न नेतृत्व स्वयं जिम्मेवार र परिपक्व हुनुपर्ने धारणा राख्नुभयो ।

नेतृत्वको वरिपरि मात्र घुम्ने प्रवृत्ति निस्तेज पार्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको उहाँको बुझाई छ । पोलिटब्युरो सदस्य विशाल भट्टराईले पार्टीको मार्गदर्शन विचारले गर्ने भएपनि नेतृत्वमा व्यवहारिक गुण र क्षमता पनि आवश्यक हुने बताउनु भयो । उहाँले विचार, सिद्धान्त र दृष्टिकोणबिनाको नेतृत्व दिशाहीन हुने तर्क गर्नुभयो । उहाँले पार्टीले विधान महाधिवेशनमार्फत नीति पारित गरिसकेको उल्लेख गर्दै सोअनुरुप अगाडि बढ्न सक्ने नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले महाधिवेशनले पार्टीको विधान महाधिवेशनले नीति, विधि र विधान पारित गरिसकेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद, माक्र्सवाद–लेनिनवादका सिद्धान्तअनुसार अघि बढ्ने नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो । कोशी प्रदेश सचिवालय सदस्य विनादेवी राईले एमालेजस्तो ठूलो पार्टीमा मत र मन र विभाजन हुनु स्वभाविक भएको बताउनु भयो ।

उहाँले सके सर्वसम्मत नभए लोकतान्त्रिक विधिमार्फत चुनिएको नेतृत्वले पार्टी र देशको हितमा सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको धारणा छ । नेकपा (एमाले)११ औं राष्ट्रिय महाधिवेशनको तयारी चरणमा छ । पार्टीको ११ औं राष्ट्रिय महाधिवेश यही मंसिर २७–२९ गते हुँदैछ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस