२०८३ असार २२ गते, सोमबार ०९:०३

लिचीघारी जग्गा घुस प्रकरण: पूर्वमन्त्री राजकुमार गुप्ताको बयान सुरु

काठमाडौँ-

पोखराको बहुचर्चित ‘लिचीघारी जग्गा’ घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा आज गुप्ताको बयान लिने कार्य भइरहेको हो।

 तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको अभियोग छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, गुप्ता र अर्की पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै थप २५ लाख रुपैयाँ घुस लिएका थिए।

अख्तियारले दुवै पूर्वमन्त्रीहरूले कुल ७८ लाख रुपैयाँ घुस र रिसवत लेनदेन गरेको ठोस प्रमाण फेला पारेको दाबी गरेको छ। अडियो रेकर्डिङ, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट घुस लेनदेनको तथ्य पुष्टि भएको आयोगको ठहर छ। डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा बरामद गरिएका श्रव्य र दृश्य (अडियो, भिडियो) सामग्री प्रतिवादीहरूसँग मेल खाने र त्यसमा कुनै छेडछाड नभएको निष्कर्ष निस्किएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको थियो।

यस प्रकरणमा पूर्वमन्त्री द्वय गुप्ता र श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको छ। अन्य प्रतिवादीहरूमा कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी सुजनकुमार तामाङ, खमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगर रहेका छन्।

अदालतमा आज गुप्तासँगको बयान सकिए लगत्तै थुनछेक बहस हुनेछ। बहसपछि अदालतले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटीमा छाड्ने वा साधारण तारिखमा राख्ने भन्नेबारे आदेश जारी गर्नेछ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस