२०८३ आश्विन २० गते, मंगलवार ०२:०१

मदिराले बढाएको झगडा, चिर्पटले लिएको ज्यान

काठमाडौँ –

मदिरा सेवनपछि भएको पारिवारिक विवादले भयावह रूप लिँदा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । घटना भएपछि उनले भाग्ने प्रयास नगरी प्रहरी कार्यालयमै पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन् । हत्या पश्चात् उनी टिकाभैरव प्रहरी चौकी पुगेर “मैले श्रीमतीको हत्या गरेँ” भन्दै आत्मसमर्पण गरेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार शुक्रबार बिहान दुबै जनाले मदिरा सेवन गरेपछि विवाद चर्किएको थियो । सोही क्रममा विनोदले चिर्पट प्रहार गर्दा कोपिलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या पश्चात् कोपिलाको शव खाटमै सुताएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनापछि विनोद स्वयं प्रहरी चौकी पुगेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस