२०८३ असार २२ गते, सोमबार ०८:४७

बगहीमा रिमा यादवको गर्जन: “संसद्‌मा मधेसी छोरीको आवाज र स्वास्थ्य चौकीमा डाक्टर पुर्‍याउने मेरो संकल्प”

वीरगन्ज-

“अहिलेसम्म धेरैलाई जितायौँ, अब आफ्नै शिक्षित छोरीलाई जिताउने पालो आएको छ,” वीरगन्ज–२८ बगहीकी एक वृद्ध महिलाले उत्साहका साथ भन्दै थिइन्। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवको घरदैलो र अगुवा भेलाले सोमबार बगहीमा एउटा छुट्टै उर्जा थपेको छ।

स्वास्थ्य सेवामा क्रान्तिको खाका भेलालाई सम्बोधन गर्दै ‘जेन-जी’ पुस्ताकी उम्मेदवार यादवले मतदाताको मर्म छुँदै भन्नुभयो, “बिरामी पर्दा सिटामोल नपाउने र डाक्टर भेट्न सहरै कुद्नुपर्ने बाध्यता अब अन्त्य हुनुपर्छ। म जितेर गएपछि प्रत्येक स्वास्थ्य चौकीमा कम्तीमा एक जना एमबिबिएस डाक्टर र पर्याप्त औषधिको सुनिश्चितता गर्नेछु।” उहाँको यो घोषणालाई स्थानीय मतदाताले ताली बजाएर स्वागत गरेका थिए।

हराएको ‘प्रौढ शिक्षा’ फर्काउने वाचा मधेसका महिलाहरूको साक्षरता र आत्मसम्मानका लागि पहिले सञ्चालनमा रहेको ‘प्रौढ शिक्षा’ कार्यक्रम बन्द भएकोमा दुःख व्यक्त गर्दै उहाँले यसलाई पुनः सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो। “मेरी आमा-काकीहरू साक्षर नभएसम्म मधेस कसरी अगाडि बढ्छ?” उहाँले प्रश्न गर्नुभयो, “वडा-वडामा सीपमूलक तालिम दिएर म हाम्रा दिदीबहिनीलाई आत्मनिर्भर बनाउन चाहन्छु।”

इतिहास र नयाँ पुस्ताको नेतृत्व पर्साको इतिहासमा पहिलो पटक ‘जेन-जी’ (Gen-Z) उमेर समूहको मधेसी महिलाले प्रतिनिधिसभाका लागि हिम्मत गरेको भन्दै उनले भनिन्, “म केवल उम्मेदवार मात्र होइन, मधेसको फेरिँदो सोच र नयाँ युगको आवाज हुँ। यो क्षेत्रको मुहार फेर्न सूर्य चिह्नमा मतदान गरी मलाई आशीर्वाद दिनुहोस्।”

पार्टीको ऐक्यवद्धता एमाले मधेस प्रदेशका उपाध्यक्ष विचारी प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको सो भेलामा वीरगन्ज–१७ का वडा अध्यक्ष सन्जु छतकुली र वडा नम्बर–२४ का वडा अध्यक्ष विजय कुर्मीले रिमाको विजयले समग्र पर्साको विकासमा इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो।

धुरुप राउत कुर्मीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा स्थानीय युवा र महिलाहरूको ठूलो उपस्थिति थियो, जसले रिमा यादवलाई यसपटकको निर्वाचनमा ‘परिवर्तनको संवाहक’ का रूपमा हेरिरहेका छन्।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस