२०८३ असार २२ गते, सोमबार ०८:४७

मुर्लीमा जसपा उम्मेदवार यादवको घरदैलो,मतदाताको साथ र सहयोगको आश्वासन

वीरगन्ज-

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादवले सोमबार मुर्लीका मतदातासँग भेटघाट गर्दै पार्टीको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभएको छ।

वीरगन्ज महानगरपालिका वडा नं। १२ मुर्लीमा चुनाव प्रचार–प्रसारअन्तर्गत आयोजित घरदैलो कार्यक्रममा उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्दै मत माग्नुभएको हो।

पार्टीका सह–महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा सम्पन्न प्रचार–प्रसार कार्यक्रममा सहभागी मतदाताले मधेसका मुद्दा अझै बाँकी रहेकाले आन्दोलनको नेतृत्व गरेको जसपालाई नै मत दिने आश्वासन दिएका छन्।

विभेदमा परेका मधेसीको पहिचान स्थापित गर्ने जसपालाई मत दिएपछि मात्र मधेसका मुद्दा सम्बोधन हुने विश्वास मतदाताले व्यक्त गरेको उम्मेदवार यादवले सञ्चारकर्मीहरूलाई बताउनुभयो। उहाँका अनुसार मतदाताले अवसरवादी चरित्र चिनिसकेकाले अब मधेसको मुद्दालाई आत्मसात् गर्ने उम्मेदवारलाई नै समर्थन गर्ने धारणा राखेका छन्।

कार्यक्रममा पूर्व मुख्यमन्त्री लालबाबु राउत, पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, सुरेन्द्र कुर्मी, शशिकपुर मियाँ, वीरगन्ज महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, जसपा पर्सा क्षेत्र नं। १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानुलगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस