२०८३ बैशाख ९ गते, बुधबार १५:२५

गुहमन्त्री गुरुङले दिए राजिनामा

 काठमाडौं-

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो पदबाट राजीनामा बुझाएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न भएको आरोप सार्वजनिक भएसँगै उनीमाथि चौतर्फी दबाब बढ्दै गएको थियो।

गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामाको जानकारी दिँदै नैतिक जिम्मेवारी स्वीकारेको संकेत गरेका छन्। स्रोतका अनुसार, उनले रास्वपा सभापति रवि लामिछानेसँग परामर्श गरेपछि मात्र अन्तिम निर्णय लिएका थिए।

प्रधानमन्त्री शाहले सरकार गठन गरेको पहिलो दिनमै गृहमन्त्री नियुक्त भएका गुरुङ सुरुवाती चरणमा कडा कदमका कारण चर्चामा आएका थिए। तर पछिल्लो समय विवादित आर्थिक सम्बन्धका आरोपले उनको छवि प्रभावित बनाउँदै लगेको थियो।

रास्वपा सरकार गठन भएयता यो दोस्रो मन्त्रीको राजीनामा हो, जसले सरकारको स्थायित्व र आन्तरिक समन्वयमाथि थप प्रश्न उठाएको छ। अब नयाँ गृहमन्त्री नियुक्ति र सरकारको आगामी रणनीति के हुन्छ भन्ने चासो बढेको छ।

वीरगन्जको भिस्वा होटेलमा तेस्रो लिङ्गी समूहको वितण्डा: वैवाहिक समारोहमा तोडफोड र लुटपाटको प्रयास, प्रहरीद्वारा लाठीचार्ज

वीरगन्ज- वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक

पोडकास्ट सुन्नुहोस