२०८३ आश्विन २७ गते, मंगलवार १८:५६

जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

काठमाडौं –

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।

शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे ।

उनले भने, ‘वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुरविरोधी काम गरिरहेको छ । जनताको वासस्थान खोसिँदै गएको छ । रोजगारीको अधिकार पनि खोसिँदै गएको छ ।’

नेपालले सुकुम्बासी समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै वास्तविक र नक्कली सुकुम्बासी छुट्याउने, तथ्यांक संकलन गर्ने र वैकल्पिक व्यवस्थाको खोजी नगरी दमनात्मक कदम चालिएको बताए ।

उनले भने, ‘सुकुम्बासी समस्या समाधान कसरी गर्ने ? वास्तविक र नक्कली सुकुम्बासी को हुन् भनेर छुट्याउने काम नगरी, तथ्यांक संकलन नगरी र वैकल्पिक व्यवस्था नखोजी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन ।’

उनका अनुसार रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य छन्, जसका कारण कतिपय नेपाली कामदारको शव स्वदेश फर्किनुपर्ने अवस्था दुःखद रहेको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस