२०८३ आश्विन २७ गते, मंगलवार १८:१८

सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृत्यु

सिरहा –

सिरहामा सोमबार साँझ आएको तीव्र हावाहुरीका कारण एक वृद्ध महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको घरको छतमा रहेको रेलिङ भत्किएर खस्दा मृत्यु भएको हो ।

प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इँटाको रेलिङ अचानक भत्किँदा घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा खसेको थियो ।

गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लगिँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।

अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस