सिरहा –
सिरहामा सोमबार साँझ आएको तीव्र हावाहुरीका कारण एक वृद्ध महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको घरको छतमा रहेको रेलिङ भत्किएर खस्दा मृत्यु भएको हो ।
प्रहरीका अनुसार हावाहुरीले छतमा बनाइएको इँटाको रेलिङ अचानक भत्किँदा घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा खसेको थियो ।
गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लगिँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।
अस्पताल पु¥याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












