वीरगन्ज-
चोरी मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका २७ वर्षीय युवकलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पर्सा जिल्ला अदालतले ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकेपछि फरार रहेका वीरगन्ज–१४ पिपरा निवासी रोशन पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट दोषी ठहर भएका पटेल आफ्नै घर आसपासका क्षेत्रमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खोजतलास तीव्र बनाएको थियो । सोही क्रममा हिजो राति उनलाई पिपराबाटै पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय श्रीपुरको फैसला कार्यान्वयन टोलीले पक्राउ गरेका पटेललाई आवश्यक कारवाहीका लागि आजै पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो ।










