२०८३ जेष्ठ १३ गते, बुधबार १६:३१

मेयर सिंहको नयाँ प्रपञ्च: अदालत अगाडि फोटो खिचेर भ्रम छर्ने प्रयास, श्रेस्तेदार भन्छन्-‘कानुनी रूपमा अझै फरार हुन्’

वीरगन्ज-

किर्ते नागरिकता मुद्दामा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहले नागरिक र कानुनलाई झुक्याउने नयाँ प्रपञ्च रचेका छन्। अदालतको आदेशलाई चुनौती दिँदै आएका मेयर सिंहले आज बिहान पर्सा जिल्ला अदालत अगाडि उभिएर खिचेको तस्विर सार्वजनिक गर्दै समाजमा अर्को भ्रम छर्ने असफल प्रयास गरेका हुन्।

यसअघि पनि आफू विरुद्ध अदालतले दिएको पक्राउ आदेशलाई केही सञ्चारमाध्यमहरू मार्फत ‘झुटो र अफवाह’ प्रमाणित गराउन उनले चौतर्फी प्रयास गरेका थिए। त्यो प्रयास असफल भएपछि आज (बुधवार) बिहानै अदालत परिसरमा फोटो सेसन गरी आफ्ना मिडिया संयन्त्र (मेयर मिडिया) मार्फत भ्रमपूर्ण तर्कहरू नागरिकमाझ अघि सारेका छन्।

अदालतका श्रेस्तेदारले खोले मेयरको पोल: ‘सिंह अझै कानुनी रूपमा फरार हुन्’

मेयर पक्षले फोटो सार्वजनिक गर्दै भ्रम फैलाउन खोजे पनि अदालत प्रशासनले भने उनको यो कदमलाई ‘झुट र प्रपञ्च’ को संज्ञा दिएको छ। पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार मेयर सिंह अदालतको प्रशासनिक वा कानुनी सम्पर्कमा नआई बाहिरैबाट फोटो खिचेर फिर्ता भएका हुन्।

श्रेस्तेदार मल्लिकले नगरप्रमुख सिंह कानुनको नजरमा अहिले पनि ‘फरार’ नै रहेको स्पष्ट पारेका छन्। अदालतको ढोकामा पुगेर फोटो खिच्दैमा मुद्दा र पक्राउ पुर्जीबाट उन्मुक्ति नपाइने कानुनी अभ्यास छ। कानुनी रूपमा फरार प्रतिवादी रहेकाले सिंहलाई प्रहरीले जुनसुकै बेला, जहाँबाट पनि पक्राउ गर्न सक्ने अदालत मल्लिकले जनाएकाछन्।

प्रतिक्रिया

मेयर सिंहको नयाँ प्रपञ्च: अदालत अगाडि फोटो खिचेर भ्रम छर्ने प्रयास, श्रेस्तेदार भन्छन्-‘कानुनी रूपमा अझै फरार हुन्’

वीरगन्ज- किर्ते नागरिकता मुद्दामा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

मेयर सिंहको नयाँ प्रपञ्च: अदालत अगाडि फोटो खिचेर भ्रम छर्ने प्रयास, श्रेस्तेदार भन्छन्-‘कानुनी रूपमा अझै फरार हुन्’

वीरगन्ज- किर्ते नागरिकता मुद्दामा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

पोडकास्ट सुन्नुहोस