२०८३ जेष्ठ २५ गते, सोमबार २१:५७

करोड बढीका मोबाइल पानीमा डुबाएर नष्ट गरेपछि सिरहामा विद्यार्थी आन्दोलित

वीरगन्ज

एसईई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सिरहामा संयुक्त विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्। आइतबार सिरहा क्याम्पस अगाडिबाट जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गर्दै उनीहरूले नष्ट गरिएका मोबाइलको उचित क्षतिपूर्ति र पीडित विद्यार्थीलाई न्याय दिन माग गरे।

विद्यार्थी संगठनहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र जिम्मेवार पक्षमाथि कारबाहीको माग गरेका छन्। परीक्षामा चोरी वा अनियमितता गर्नेमाथि कानुनबमोजिम कारबाही गर्न सकिने भए पनि संविधानले प्रत्याभूत गरेको नागरिकको सम्पत्तिको हकविपरीत निजी सामान नष्ट गर्ने अधिकार प्रशासनलाई नभएको संगठनहरूको ठहर छ।

जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा गठित उपसमितिले गत चैतमा जफत गरिएका ७ वटा आइफोन, ४८९ वटा एन्ड्रोइड फोन र ५ वटा स्मार्ट घडी गरी कुल ५०१ वटा उपकरण जिल्ला प्रहरी कार्यालय परिसरमा २४ घण्टा पानीमा डुबाएर नष्ट गरेको थियो। नष्ट गरिएका सामग्रीको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी छ।

प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा दुरुपयोग रोक्न उक्त कदम चालिएको दाबी गरे पनि अभिभावक, कानुन व्यवसायी र विद्यार्थी संगठनहरूले भने यसको तीव्र विरोध गरेका छन्।

प्रतिक्रिया

निजी विद्यालय इतिहासमै पहिलो क्रान्तिकारी सुरुवात: साउथ जोनका १८२५ विद्यार्थीकै २४सै घण्टा स्वास्थ्य र दुर्घटना बीमा!

वीरगन्ज- पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको

निजी विद्यालय इतिहासमै पहिलो क्रान्तिकारी सुरुवात: साउथ जोनका १८२५ विद्यार्थीकै २४सै घण्टा स्वास्थ्य र दुर्घटना बीमा!

वीरगन्ज- पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको

पोडकास्ट सुन्नुहोस