२०८३ जेष्ठ २९ गते, शुक्रबार १७:३४

काभ्रेको नमोबुद्धमा यात्रुवाहक बस दुर्घटना

रामेछाप –

काभ्रेको बनेपाबाट महाभारततर्फ जाँदै गरेको यात्रुवाहक बस काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फी डाँडामा बा३ख ८३९८ नम्बरको बस दुर्घटना भएको छ ।

दुर्घटना केहीबेरअघि भएको हो । बस सडकबाट तल खसेको बताइएको छ । घटनामा ठूलो सङ्ख्यामा मानवीय हताहति भएको आशंका गरिएको भए पनि यकिन विवरण आउन बाँकी रहेको छ ।

स्थानीय बासिन्दाले तत्काल उद्धार कार्य सुरु गरेका छन् भने प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाइएको छ । घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको छ । 

बसमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकि छ । घटनाबारे थप विवरण आउन बाँकी रहेकाले मृतक तथा घाइतेको सङ्ख्या पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस