२०८३ असार २७ गते, शनिबार २०:१७

बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

धनगढी

बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी केशरीले उद्धार कार्य जारी रहेको जानकारी दिँदै भन्नुभयो, “हामी अहिले उद्धारमै केन्द्रित छौं। घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगिसकेको छ।”

प्रारम्भिक जानकारीअनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस