२०८३ श्रावण ४ गते, सोमबार ०६:३२

वाईवाईसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहीन प्रमाणित, बजारबाट फिर्ता गर्न सरकारको निर्देशन

काठमाडौँ

नेपालमा अत्यधिक खाइने वाइवाइ सहित चार ब्राण्डका चाउचाउहरू परीक्षणका क्रममा गुणस्तरहीन (न्यून गुणस्तर) भेटिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार निरीक्षण र प्रयोगशाला परीक्षणका क्रममा यी चाउचाउहरू अखाद्य फेला परेका हुन्।

विभागका अनुसार गुणस्तरहीन प्रमाणित हुने चाउचाउहरूमा गोलमोल, वाईवाई, प्रिमियम पिरो र मामा रहेका छन्। यी सबै चाउचाउ बर्दियाको बाँसगढी–३ मा रहेको सिजि फुड्स इन्टरप्राइजेज प्रालिद्वारा उत्पादित हुन्।

कारबाहीमा परेका चाउचाउका ब्याच नम्बरहरू:

विभागले उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुने भन्दै देहायका ब्याचका चाउचाउहरू बजारमा बिक्री वितरण गर्न रोक लगाउँदै तत्काल फिर्ता गर्न आदेश दिएको छ:

  • गोलमोल: ब्याच नम्बर ९बि-बिएम२ डि (9B-BM2 D)
  • वाईवाई: ब्याच नम्बर ९बि-बिएम१-एक्स (9B-BM1-X)
  • प्रिमियम पिरो: ब्याच नम्बर ९बि-बिएम२-सी (9B-BM2-C)
  • मामा चाउचाउ: ब्याच नम्बर ९बि-बिएम १-एक्स (9B-BM1-X)

बिक्री वितरणमा पूर्ण रोक र थप कानुनी चेतावनी

विभागले जारी गरेको आदेशमा उल्लेख भएअनुसार, उक्त विशिष्ट ब्याचका चाउचाउहरू ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा १६ (क) विपरीत न्यूनस्तरको पाइएको हो।

कम्पनीका उत्पादनहरूमा यसरी गम्भीर कैफियत भेटिएपछि विभागले बजार अनुगमनलाई थप कडा बनाएको छ भने तोकिएको ब्याचका चाउचाउ खरिद नगर्न उपभोक्ताहरूलाई समेत सचेत गराइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस