२०८३ श्रावण २० गते, बुधबार १२:१३

पर्सामा २०७ किलो गाँजासहित पिकअप गाडी र चालक पक्राउ

वीरगन्ज-

पर्सा प्रहरीले भारी परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ स्थित सडकखण्ड हुँदै लागुऔषध लुकाएर भिन्दवातर्फ लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार साँझ करिब ६:३० बजे जाँच गर्दा उक्त गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडीलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा गाडीभित्र सिमेन्टको बोराभित्र लुकाएर राखिएको अवस्थामा २०७ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

गाँजा बरामद भएपछि प्रहरीले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १३ निवासी ४८ वर्षीय चालक कृष्णा लामालाई नियन्त्रणमा लिएको छ

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लका अनुसार पक्राउ परेका लामा, बरामद २०७ किलो गाँजा र प्रयोग गरिएको पिकअप गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस