२०८३ आश्विन १५ गते, बिहीबार १८:०६

नेपाली कांग्रेसको विवाद: देउवा पक्षको १५औँ महाधिवेशनसम्बन्धी पत्र निर्वाचन आयोगमा अभिलेखीकरण

काठमाडाैं  —

नेपाली कांग्रेसभित्र चुलिएको विवादकाबीच निर्वाचन आयोगले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको १५औँ महाधिवेशनको जानकारीलाई अभिलेखीकरण गरी राखेको छ।

देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र विधानको व्यवस्थाअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णयसहितको कानुनी र प्रक्रियागत विवरण जानकारी तथा अभिलेखका लागि भन्दै असोज १३ गते आयोगलाई पत्र पठाएका थिए। प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरिएको सो पत्रमा ‘फाइल खडा गरी अभिलेखमा राख्नु हुन’ भन्दै सोही दिन तोक आदेश भएको छ। देउवाले आयोगलाई पठाएको पत्रसहित सर्वोच्च अदालतबाट प्राप्त पुनरावलोकनको अनुमति आदेशको प्रतिलिपि समेत संलग्न गरेका छन्।

आयोगले देउवा पक्षको पत्रलाई अभिलेखमा राखेसँगै संस्थापन पक्षले १५औँ महाधिवेशनका नाममा गरिरहेका गतिविधिलाई सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदासम्म मान्यता नदिने भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस