२०८३ आश्विन १७ गते, शनिबार १०:२९

नवलपरासी बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै पहिचान खुल्यो

नवलपरासी –

नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२, एस मोडमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा बिहान पौने ४ बजे सडकबाट नालामा खसेको थियो। बसमा चालकसहित १८ जना सवार थिए।

दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु र लालबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ। बसमा सवार दुई जना भने सकुशल छन्।

घटनालगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस